मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडाैंबाट पक्राउ

shilapatra.com · Sat Jun 20 12:31:00 GMT 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडाैंकाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने धादिङ नीलकण्ठ नगरपालिका–८ रामकोटका बाबुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको ४ फागुन २०८१ को फैसलाले उक्त मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय सुनाएका श्रेष्ठ फरार थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टोलीले उनलाई काठमाडौं महानगरपालिका–२७ महाबौद्धबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

प्रकाशित मिति: शनिबार, असार ६, २०८३

१८:१६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय