महासंघको ४१ बुँदे घोषणापत्र : ५ करोडसम्मको निर्माण खरीदमा योग्यता नराख्न माग
abhiyandaily.com
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न माग राख्दै ४१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । म्याद थप, अपराध संहिता, सार्वजनिक खरीद ऐन तथा नियमावली, निर्माण व्यवसायी ऐन संशोधनमा भएका विभिन्न प्रावधान हटाउनेदेखि ५ करोडसम्मको निर्माण खरीदमा कुनै पनि योग्यता नराखी व्यवसायीले भाग लिन पाउने व्यवस्था गर्न महासंघले माग गरेको छ ।
महासंघको हालै सम्पन्न २२औं साधारणसभाका निर्णयहरू सार्वजनिक गर्न बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले घोषणापत्र सार्वजनिक गरेका हुन् । म्याद थपमा देखिएको जटिलता, निर्माण सामग्रीको अभाव, चर्को मूल्यवृद्धि लगायत कारण मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको भन्दै अध्यक्ष सिंहले व्यवसायीका माग पूरा नभए महासंघ आन्दोलनमा जान बाध्य हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)