स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध
gorkhapatraonline.com · Sat Jun 20 12:45:58 GMT 2026

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ । अदालतले उहाँलाई देश छोड्न प्रतिबन्धसमेत लगाएको छ । शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई पासपोर्ट बुझाउन र फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिनुभएको छ ।
अदालतले ‘गोमेजले देश छोड्न नपाउने प्रतिबन्ध पालना गराउन सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थललाई निर्देशन जारी गरिने’ बताएको छ । यो राजनीतिकरूपमा अत्यन्त संवेदनशील मुद्दाको सुनुवाइको मिति अझै तोकिएको छैन । न्यायाधीश पेइनाडोले अप्रिलमा गोमेजलाई भ्रष्टाचार, ठूला कारोबार, व्यापारिक सम्बन्धमा भ्रष्टाचार र सार्वजनिक कोषको दुरुपयोगको औपचारिक आरोप लगाउनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)