मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

खाली बन्दै पोखरा बसपार्क

gorkhapatraonline.com · Sat Jun 20 12:54:45 GMT 2026

सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको मिलनविन्दु पृथ्वीचोकमा रहेको अतिक्रमित बसपार्कको जग्गा खाली गर्ने अभियान जारी छ । पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा बसपार्कका दुई सय घर, टहरा बिहीबार भत्काइएकोमा शनिबार थप तीन सय २० सटरहरु हटाइएका छन् ।

बसपार्कका लागि अधिग्रहण गरी पछि सट्टाभर्नाका रुपमा दिइएको जग्गामा बनेको बास्तोला कम्प्लेक्स शनिबार हटाइएको हो । पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले बास्तोल कम्प्लेक्स र उत्तरतर्फका जग्गाधनी पुर्जा भएका जग्गा खाली भएको बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)