हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
onlinekhabar.com · Wed May 27 17:57:39 GMT 2026

१३ जेठ, काठमाडौं । राजस्थान रोयल्स आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनलको एक कदम नजिक पुगेको हो ।
राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ