मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

सिजनको पहिलो ‘एल क्लासिको’ रियलको पक्षमा

ekantipur.com · Mon Oct 17 00:56:37 GMT 2022

काठमाडौँ — रियल म्याड्रिडले सिजनको पहिलो ‘एल क्लासिको’ मा आइतबार बार्सिलोनालाई ३–१ ले हराएको छ । यो दुई पुराना प्रतिद्वन्द्वी टिमबीचको २ सय ५० औं ‘एल क्लासिको’ हो ।

यो जितपछि रियलले स्पेनी ला लिगाको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ भने बार्सिलोना सिजनको पहिलो हार आत्मसात गर्न बाध्य रह्यो । डिफेन्डिङ च्याम्पियनका लागि करिम बेन्जेमाले पहिलो गोल गरेपछि फेडरिको भाल्भेरडेले दोस्रो थपे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)