के राजनीति र प्रशासन कमाइ खाने भाँडा हुन् ?
rajdhanidaily.com · Thu Dec 09 23:26:40 GMT 2021
राजनीतिलाई व्यवसाय बनाउन थालियो भने त्यसले अन्ततः शासन प्रणालीलाई कमजोर र क्षतविक्षत बनाउँछ । व्यवसाय केही फाइदा कमाउनकै लागि गर्ने गरिन्छ तर राजनीति व्यवसाय होइन यो त मुलुक र जनतालाई समृद्धितर्फ डो¥याउने पवित्र नीति हो । यो नीतिको मर्म बुझ्नेहरूले राजनीतिलाई देश र जनताको सेवामा केन्द्रित गर्छन् । यो मर्म नबुझ्ने लोभीपापीले राजनीतिलाई कमाइ खाने भाँडो बनाउने गर्छन् जसका कारण राजनीतिप्रति आमसर्वसाधारणको भावना नकारात्मक हुन पुग्छ र यस्तो प्रवृत्तिले राजनीतिक प्रणालीको संस्थागत विकासलाई निकै कमजोर बनाउँछ ।
अहिले राजनीतिको नेतृत्व गरेका र प्रशासनको नेतृत्व गरेका दुवै पक्ष ‘कालेकाले मिलेर खाऔं भाले’ भन्ने उखान चरितार्थ गरिरहेका छन् । जसका कारण सबैतिर बेथिति फैलिरहेको छ । अहिले केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीनवटै सरकारमा चरम विकृति छ । जसलाई जे गरे पनि छुट छ । केही दिनअघि मात्रै राजनीतिक रूपमा भागबन्डा पु¥याउन बाग्मती प्रदेशमा आठवटा मन्त्रालयलाई टुक्र्याएर १४ वटा बनाइयो । त्यहाँ आवश्यकताबिना नै १४ वटा मन्त्रालय बनाइँदा राज्यकोषमा वार्षिक १८ करोडभन्दा बढी व्ययभार पर्नेछ । सरकारका विभिन्न निकाय बनाइँदा र कर्मचारी थप गर्दा संगठन र व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण गर्नुपर्ने प्रावधान छ । तर, त्यसरी कुनै पनि विधि प्रक्रिया नपनाई भागबन्डा पु¥याउनकै लागि मन्त्रालयलाई टुक्राटुक्रा बनाउने काम आफंैमा ठूलो भ्रष्टाचार हो । यस्तै, संघीय सरकारमा पनि मन्त्रीले आफ्नै बुहारीलाई सरकारी निकायमा नियुक्त गरेको, मन्त्रीहरूले विभिन्न मापदण्ड लत्याएर नियुक्ति दिएको भन्ने तथ्य सार्वजनिक भइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)