मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

क्यालिफोर्नियामा भारी वर्षा र आँधी, तीन जनाको मृत्यु

ratopati.com · Thu Dec 25 23:23:07 GMT 2025

काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यमा परेको भारी वर्षा र आँधीका कारण बाढी र पहिरो आएको छ । क्रिसमस रातसम्म यस घटनामा कम्तीमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

लस एन्जलस काउन्टीका केही क्षेत्रमा ११ इन्चसम्म पानी परेको छ । भारी वर्षाका कारण सडकहरू बन्द भएका छन् भने जोखिममा परेका क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । बाढीले सडकमा फसेका मानिसहरूलाई उद्धार गर्न आपत्कालीन टोली परिचालित गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)