दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु, तीन घाइते
ratopati.com · Wed May 27 18:35:01 GMT 2026

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–१७ झरहीखोलास्थित पूर्वपश्चिम राजमार्गमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई हाल नेपाली सेनाको श्री नयाँ गोरख गण राष्ट्रिय निकुञ्ज कसरा चितवनमा कार्यरत सिपाही २६ वर्षीय दिनेश गिरीको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)