मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सिथि नखः पर्व नेवार समुदायले विभिन्न रूपमा भव्यसँग मनाए

barnanmedia.com · Sat Jun 20 13:58:50 GMT 2026

आज भक्तपुरसँगै काठमाडौँ उपत्यकालगायत नेवार समुदायले सिथि नखः पर्व भव्य रूपमा मनाएका छन् । यो पर्वसँगै वर्षा सुरु हुने र किसानको वर्षाको महत्त्वपूर्ण कार्य धान रोपाइँ (स्थानीय भाषामा ज्याः) सुरु हुने भएकाले यस चाडलाई वर्षाअघिको अन्तिम चाडका रूपमा समेत लिइन्छ ।

आज सिथि नखःमा विशेषगरी पानीको मुहान, इनार, कुवा, पोखरी, धारालगायत पानीको स्रोत सरसफाइ गरिएको छ । बर्सातका मौसममा बगेर आउने पानीको भेल र फोहोर पानी खानेपानीको मुहानमा मिसिएर पानी दूषित नहोस् भनी पानीको मुहान एवं स्रोतको वरिपरि समेत सरसफाइ गरी निकास खोल्नु यो पर्वको विशेषता पनि हो । हिँउदमा पुरिएको, थुनिएको र सुकेको पानीको मूललाई बर्सातको पानीले फुटाउने भएकाले पनि सिथि नखःको दिन पानीको मूलको सफाइ गर्ने परम्परा वर्षौंदेखि रहँदै आएको मान्यता छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय