मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

निङ्गलाशैनी खेल मैदानको विस्तार

rajdhanidaily.com · Wed May 01 23:33:30 UTC 2024

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. २ देहिमाण्डौस्थित निङ्गलाशैनी खेल मैदानमा क्रिकेट प्रतियोगीता भयो भने दशरथचन्द राजमार्गमै सिमारेखा हालेर खेलाउने गरिन्छ । क्रिकेट प्रतियोगीता सञ्चालनका बखत सवारी साधनहरुलाई सडकमा रोख्न दिइदैन् भने, खेल सञ्चालन गर्न मुस्किल पर्दछ ।

अहिले भने उक्त मैदानको केहि हदसम्म स्तरोन्नती गरिएको छ । मैदान ठुलो बनाउन जमीन अभाव भएपनि भएको जमिनलाई कटान गरि मैदान बिस्तार गरिएको हो । दशरथचन्द नगरपालिकाको ८ लाख रकम बजेटमा मैदानको विस्तार गरिएको दशरथचन्द नगरपालिका वडा न.२का वडाअध्यक्ष सुर्य बहादुर बोहराले बताए । “हालसम्म ६लाख ५० हजारको काम सम्पन्न भएको छ, अब बाँकी रकममा प्याराफिट बनाएर मैदानलाई व्यवस्थीत गर्ने तयारीमा छौँ ।” उनले भने,“यो मैदान जिल्लाकै पायक पर्ने ठाउँमा छ, जिल्ला सदरमुकाम नजिक भएकाले खेल अधिकांश प्रतियोगीताहरु यसै मैदानमा हुने गर्दछन् । त्यसकारण यो मैदानको स्तरोन्नती गर्नु जरुरी रहेको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)