मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेग्मीको अध्यक्षतामा १०७ सदस्य आजपाको उपत्यका विशेष कमिटी गठन

rajdhanidaily.com · Wed May 01 23:38:37 UTC 2024

काठमाडौं । आम जनता पार्टी (आजपा) को काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । देवी पण्डित रेग्मी अध्यक्ष र सुनिता साह सचिव रहेको उपत्यका विशेष कमिटी एक सय सात सदस्यीय रहेको छ । कमिटीको इन्चार्जमा पार्टीका वरिष्ठ उपाध्यक्ष तिलक थापामगर रहेका छन् ।

आजपा अध्यक्ष प्रभु साहले कमिटीमा रहेका पदाधिकारी एवं सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै पार्टीको नीति, कार्यक्रम र उदेश्य अनुसार पार्टी काममा जुटन आग्रह गरेका छन् । काठमाडौंमा भएको एक भेलाबाट उपत्यका विशेष कमिटी गठन भएको आजपा स्थायी कमिटीका सदस्य बालकृष्ण सापकोटाले जनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)