१०० वर्ष पछिको बनेपाको कल्पना गरौ : सहरी मन्त्री चौधरी
rajdhanidaily.com · Sat Jul 23 16:39:58 GMT 2022
बनेपा । सहरी विकास मन्त्री मेटमणि चौधरीले विकासको काममा सबै मिल्नुपर्ने बताएका छन् । बनेपा नगरपालिका अन्तर्गत पर्ने पुन्यमाता करिडोर निर्माणमा अवरोध भएको थाहा पाएपछि सरोकारवाला पक्षसँग सिधै संवाद गर्न शनिबार बनेपा पुगेका मन्त्री चौधरीले भने– विकासको काममा सबै मिलौँ । करिडोर नघटाऔँ । पीडित पक्षलाई न्याय दिन सबैले योगदान गरौँ । आजको छलफलले १०० वर्षपछिको बनेपाको कल्पना गरौँ ।
२०७७ साल साउन ४ गते पहिलो चरण अन्तर्गत ६ करोडमा ट्रयाक खोल्ने सम्झौता भएको उक्त परियोजनामा मुआब्जाको कारण देखाई स्थानीय जग्गाधनीहरुले अवरोध गरेकाले १५ मिटर फराकिलो करिडोर खोल्न काम अघि बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)