गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ल्यायो विशेष अफर, ३० दिनसम्म अनलिमिटेड डाटा चलाउन पाइने
ratopati.com · Wed May 27 19:03:29 GMT 2026

काठमाडौँ । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा आफ्ना प्रिपेड तथा पोस्टपेड मोबाइल ग्राहकहरूका लागि विशेष ‘गणतन्त्र दिवस अफर २०८३’ सार्वजनिक गरेको छ । टेलिकमले यस अफर अन्तर्गत ‘न्यु इयर लाइट’ र ‘न्यु इयर प्रिमियम’ गरी दुई प्रकारका डाटा प्याकेजहरू उपलब्ध गराउने भएको हो ।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार ‘न्यु इयर लाइट’ प्याकेज अन्तर्गत ग्राहकले ४९९ रुपैयाँमा प्रतिदिन ५ जीबी डाटा प्राप्त गर्नेछन् । उक्त ५ जीबीको दैनिक सीमा सकिएपछि पनि बाँकी समय २ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ । त्यस्तै, ‘न्यु इयर प्रिमियम’ प्याकेज अन्तर्गत ६९९ रुपैयाँमा प्रतिदिन १० जीबी डाटा उपलब्ध हुनेछ र १० जीबीको लिमिट सकिएपछि ३ एमबीपीएसको गतिमा अनलिमिटेड डाटा चलाउन पाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)