भूमि व्यवस्थापन शाखाको औपचारिक सुरुवात: चौदण्डीगढीमा भूमिहीनलाई छिट्टै लालपुर्जा वितरण गरिने
nagariknews.nagariknetwork.com · Sat Jun 20 14:28:11 GMT 2026

उदयपुरको चौदण्डीगढी नगरपालिकाले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरिरहेका नागरिकलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) उपलब्ध गराउने उद्देश्यसहित नगरमै भूमि व्यवस्थापन शाखाको औपचारिक सञ्चालन सुरु गरेको छ। शाखा स्थापना गर्दै नगरपालिकाले जग्गा व्यवस्थापन र पुर्जा वितरणको कामलाई तीव्र बनाउने जनाएको छ।
शाखा उद्घाटन कार्यक्रममा नगरप्रमुख कालुमान लामाले संघीय स्तरमा विभिन्न स्थानका सुकुम्बासी बस्तीमा भइरहेको हटाउने अभियानप्रति संकेत गर्दै चौदण्डीगढीमा भने नागरिकको घरटहरा नभत्काई व्यवस्थित बसोबासको अधिकार सुनिश्चित गरिने बताए। उनका अनुसार नगरपालिकाको प्राथमिकता भोगचलन गरिरहेका नागरिकलाई कानुनी प्रक्रियाअनुसार स्वामित्व सुनिश्चित गर्दै प्रमाणपुर्जा उपलब्ध गराउनु हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)