रास्वपाले भन्यो- फागुन २१ को चुनावी नतिजा आम्दानी, महाधिवेशनमार्फत् सम्पत्तिमा बदल्दैछौं
onlinekhabar.com · Sat Jun 20 14:46:47 GMT 2026

६ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु हुन लागेको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनबाट त्यसलाई सम्पत्तिमा रूपान्तरण गरिने बताए ।
‘जेनजी आन्दोलनपश्चात्को फागुनको २१ को निर्वाचनबाट प्राप्त मत आम्दानी हो, अब हामी संस्थागत अभ्यास गर्दै अगाडि बढ्ने हामी प्रयासमा छौं,’ प्रवक्ता झाले भने, ‘यस(महाधिवेशन)ले ती आम्दानीहरूलाई सम्पत्तिका परिणत गर्नलाई सघाउनेछ ।’
उनले हालसम्मको पार्टीका गतिबिधिलाई अभियानको संज्ञा दिए । उनले अगाडि भने, ‘अभियान र राजनीति फरक कुरा हुन् । हामी अब धेरै हदसम्म अभियानबाट वास्तविक राजनीतिमा रूपान्तरण हुँदैछौं ।’
यो महाधिवेशनले प्रक्रियागत र संस्थागत रूपमा अभियानबाट वास्तविक राजनीतिमा रूपान्तरण भइरहेको उनले टिप्पणी गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ