मच्छिमको भूमे आधारभूत विद्यालय आवासीयमा रूपान्तरण
barnanmedia.com · Sat Sep 12 13:51:47 GMT 2026

म्याग्दीको धवलागिरी गाउँपालिका–७ मच्छिममा सामुदायिक पहलमा आवासीय विद्यालय सञ्चालन भएको छ । मच्छिममा रहेको भूमे आधारभूत विद्यालयलाई आवासीयमा रूपान्तरण गरिएको हो ।
अभिभावकविहीन र विपन्न विद्यार्थीहरूका लागि छात्रावास सञ्चालन गरेर आवासीय विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक सुुरेन्द्र छन्त्यालले जानकारी दिनुुभयो । कमजोर विद्यार्थीको सिकाई उपलब्धी वृद्धि गर्नु पनि छात्रावासको अर्को उद्देश्य रहेको उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)