मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जावलाखेलमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

hamrakura.com · Sat Jun 20 00:00:00 GMT 2026

काठमाडौँ । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो शनिबार ललितपुरको जावलाखेलमा सर्वसाधारणलाई देखाइएको छ। परम्परागत सांस्कृतिक विधिअनुसार जावलाखेलमा आयोजित एक विशेष समारोहका बीच मणिकमाणिक्य जडित बहुमूल्य भोटो प्रदर्शन गरिएको हो।

भोटो देखाउने ऐतिहासिक कार्यक्रममा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थिति रहेको थियो। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको सहभागिता रहेको थियो। सो अवसरमा मन्त्रीगणका साथै नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत बाक्लो उपस्थिति रहेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)

सम्बन्धित विषय