चार्ल्सको शतक
ekantipur.com · Thu May 02 00:16:01 UTC 2024
काठमाडौँ — विश्वकपका लागि टोली घोषणा गर्ने चटारोबीच नेपालले पहिलो रोजाइका ७ खेलाडीलाई खेलाएको थिएन । त्यसको फाइदा वेस्ट इन्डिज ‘ए’ ले उठायो । टोलीले जोहन्सन चार्ल्सको शतकमा ट्वान्टी–२० क्रिकेट शृंखलाको तेस्रो खेलमा नेपाललाई ७६ रनले हरायो ।
२ सय २८ रनको लक्ष्य पाएको नेपाल १९.२ ओभरमा १ सय ५१ रनमा अलआउट भयो । वेस्ट इन्डिज ‘ए’ ले ५ खेलको शृंखलामा २–१ ले अग्रता बनायो । रोहित पौडेलको १ सय १२ रनमा नेपालले शनिबार पहिलो खेल ४ विकेटले जितेको थियो । उनले दोस्रो खेलमा अविजित ७१ रन बनाए पनि नेपाल १० रनले पराजित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)