नीति होइन, नेतृत्वकैवरिपरि नेकपा माओवादी बैठक
rajdhanidaily.com · Sat Aug 02 23:16:44 GMT 2025
काठमाडौं । पार्टीको भावी राजनीतिक कार्यदिशा र कार्यनीतिका विषयमा केन्द्रीत हुनुपर्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक नेतृत्वकै वरिपरि केन्द्रीत बनेको छ । शुक्रबारदेखि सुरु बैठकमा बोल्ने अधिकांश नेता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रशंसा, बचाउ र नेतृत्वमा निरन्तरताको पक्षमा धारणा राख्नमै सिमित देखिएका छन् ।
बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले नेतृत्वको प्रशंसा मात्रै गरेनन अहिले नेतृत्व फेर्ने समय नभएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै नेतृत्वमा अगाडी बढनुको विकल्प नभएको बताएका छन् । नेतृत्व फेर्नुपर्ने अभियानमा रहेका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले सार्वजनिक रुपमै दिएको अभिव्यक्तिलाई नेतृत्वसँग जोडेर अधिकांश सदस्यले अनुशासनहीन अभिव्यक्ति भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)