नेपाल भलिबल लिगको उपाधि अन्नपूर्णले जित्यो
neplays.com · Sat Sep 12 14:12:00 GMT 2026
काठमाडाैं। अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ ।
केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा अन्नपूर्णले कर्णाली शिवराजलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिगको पहिलो संस्करणको विजेता बन्यो । अन्नपूर्णले कर्णालीलाई २५–१५, २५–२० र २५–१८ ले हराउदै राउन्ड रोविनमा व्यहोरेको हारको बद्ला पनि लियो । अन्नपूर्णका उरनबयार मुंखबयार ‘म्यान अफ द म्याच’ घोषित भए । उपाधिसंगै अन्नपूर्णले २० लाख तथा कर्णालीले ५ लाख नगद पुरस्कार हात पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)