काठमाडौंमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले गोली चलायो
nagariknews.nagariknetwork.com · Sat Jun 20 15:05:01 GMT 2026

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गोली प्रहार गरी ३ जना लागुऔषधका क्रोनिक कारोबारीलाई आज काठमाडौंको बालकुमारीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली टिकापुर नगरपालिका-५ का २५ वर्षीय अशोक भुल, सप्तरी राजगढ गाउँपालिका-३ का २० वर्षीय निरजकुमार मण्डल तथा पर्सा पटेर्वा सुगौली गाउँपालिका-४ का ३९ वर्षीय किशोरप्रसाद ओझैया रहेको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)