प्रधानमन्त्री पत्नीलाई नै अदालतले लगायो देश छाड्न प्रतिबन्ध
barnanmedia.com · Sat Jun 20 15:04:59 GMT 2026

स्पेनको एक अदालतले प्रधानमन्त्री पेद्रो सान्चेजकी श्रीमती बेगोना गोमेजलाई भ्रष्टाचार मुद्दामा कानुनी सुनुवाइका लागि आदेश दिएको छ। अदालतले उनलाई देश छाड्न प्रतिबन्ध (ट्राभल ब्यान) समेत लगाएको छ।
शनिबार जारी अदालती आदेशमा न्यायाधीश जुआन कार्लोस पेइनाडोले गोमेजलाई आफ्नो पासपोर्ट बुझाउन र अन्तिम फैसला नआउँदासम्म महिनामा दुई पटक अदालतमा उपस्थित हुन निर्देशन दिएका छन्। अदालतले गोमेजले देश छाड्न नपाउने प्रतिबन्धलाई पूर्ण रूपमा पालना गराउन देशका सबै सीमा चौकी तथा नागरिक र सैन्य विमानस्थलहरूमा निर्देशन जारी गरिने स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)