वैकुण्ठेको साम्के र तामालुङमा सय रोपनी क्षेत्रमा स्याउ खेती विस्तार
rajdhanidaily.com · Sat Aug 02 23:27:49 GMT 2025

भोजपुर । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका किसान व्यावसायिक स्याउ खेतीमा जुटेका छन् । वडाले स्याउ खेती सम्बन्धि कार्यक्रम सञ्चालन गरेपछि स्थानीय व्यावसायिक स्याउ खेतीमा जुटेका हुन् ।
साम्के र तामालुङ गाउँका ३६ जना किसानले करिव एक सय रोपनी क्षेत्रफलमा स्याउको खेती विस्तार गरेको स्थानीयबासी पाण्डव राईले जानकारी दिए। वडाले स्याउ खेती विस्तारको लागि अनुदान सहयोग गरेपछि किसानहरु उत्साहित भएको उनको भनाइ छ । ५० प्रतिशत लागत साझेदारीमा स्याउको व्यावसायिक खेती विस्तार गरेको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)