दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
deshsanchar.com · Sat Jul 27 17:18:55 UTC 2024

दमौली – तनहुँमा एक वर्षको अवधिमा दुई हजार बढी रोपनी क्षेत्रफलमा फलफूल, लिची, आँप आदिको क्षेत्र विस्तार गरिएको छ। कृषि ज्ञान केन्द्रको सहयोगमा सञ्चालित फलफूल बगैँचा स्थापना तथा विस्तार कार्यक्रमबाट तीन कृषक समूह, २८ कृषि फर्म र एक सहकारीका गरी एक सय ७८ घरधुरी लाभान्वित भएका छन्।
यस कार्यक्रमबाट दुई हजार ३६ रोपनी क्षेत्रफलमा सुन्तला जातका फलफूल खेतीको विस्तार भएको कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए। यस कार्यक्रमका लागि आर्थिक वर्ष २०८०/८१ मा रु ४५ लाख विनियोजन गरिएकामा रु ३० लाख २५ हजार छ सय २९ खर्च भएको लामिछानेको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)