मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

निर्माण क्षेत्रका लागि मौद्रिक नीति कोसेढुंगा साबित हुने उद्योगीको विश्वास

farakdhar.com · Sat Jul 27 17:17:33 UTC 2024

नेपाल निर्माण उद्योग परिषद्ले राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले निर्माण क्षेत्रमा कोसेढुंगा साबित हुने जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग परिषद्ले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनका लागि नीतिले कोसेशेढुंगा साबित हुने जनाएको हो ।

‘निर्माण क्षेत्र विगत आवदेखि सम्पन्न गरिसकेका आयोजनाको भुक्तानी राज्यको तर्फबाट हुन नसकेको कारण बैंकबाट लिएका कर्जा एवं निर्माण उपकरण तथा निर्माण सामग्रीको भुक्तानी आयोजनाबाट भुक्तानी भएपश्चात् सम्बन्धितले पाउने गरिदिएको चेक तथा जमानत जफत गरीकालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई आर्थिक वर्ष २०८१/८२ को नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिले संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सुचारु हुनका लागि यो मौद्रिक नीति कोसेढुंगा साबित हुने हाम्रो विश्वास छ,’ नेपाल निर्माण उद्योग परिषद्ले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)