निःशुल्क कानुन पढाउँदै बागलुङ नगरपालिका
ratopati.com · Sat Jul 27 17:20:00 UTC 2024

गलकोट । बागलुङ नगरपालिकाले कानुन विषय अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन गर्न थालेको छ । प्राविधिक तथा अन्य विषयलाई राज्यले समेत प्रोत्साहन गरे पनि कानुन विषय थोरैको रोजाइमा पर्ने भन्दै कानुन पढ्ने विद्यार्थी बढाउन पहिलोपटक छात्रावृत्तिका व्यवस्था मिलाउन आवेदन खुलाएको छ ।
सबै वर्ग, तह र तप्काका व्यक्तिको न्यायमा सहज र सरल पहुँच स्थापित गर्न कानुनका विद्यार्थी उत्पादन गर्न आवश्यक रहेको भन्दै नगरपालिकाले एक वर्षमा २० विद्यार्थीलाई कानुन विषय पढाउने भएको छ । न्याय खोज्न अदालत मात्र जाने परिपाटीलाई हटाउन, स्थानीय तहको न्यायिक समितिप्रतिको पहुँच विस्तार गर्न सहयोग पुग्ने गरी नगरपालिकाभित्रका विद्यार्थीलाई कानुन विषयमा अध्यापन गराउन कक्षा ११ र १२ मा लाग्ने सबै शुल्क तिर्ने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)