सशस्त्रमा व्यक्तिलाई लक्षित गरेर एक एआईजीको दरवन्दी थप
nepalbahas.com · Tue Sep 13 17:16:57 GMT 2022
२८ भदौ, काठमाडौं । सरकारले गुपचुप रुपमा सशस्त्र प्रहरी बलमा व्यक्तिलाई लक्षित गरेर एक एआईजीको दरबन्दी थप गरेको छ । सरकारले कार्य तथा सीमा सुरक्षा विभागलाई फुटाएर एआईजीको दरवन्दी थप गरेको हो । सशस्त्र प्रहरीका डीआईजी वंशी दाहाललाई लक्षित गरेर सो दरवन्दी थप गरेको स्रोतको दावी छ ।
प्रहरी महानीरिक्षक राजु अर्याल अमेरिका गएका बेला सो दरवन्दी थप गरेको हो । ‘आईजीपी अमेरिका भ्रमणको गएको बेला चलखेल गरी दरवन्दी थप गरिएको हो आईजीपीले दुई वटा दरवन्दी बनाउनुपर्छ भन्दा भन्दै एउटा दरवन्दी व्यक्तिलाई लक्षित गरेर थप गरिएको छ’, स्रोतले भन्यो । दरबन्दी थपको पत्र सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा पुगिसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)