निर्वाचनमा असल उम्मेदवारको चुन्न सात कवितले वाचन गरे कविता
pahilopost.com · Sat Sep 10 16:30:42 GMT 2022
काठमाडौं : सातजना कविहरूको समूह ‘सात कवि एक साथ’ (पी सेभेन) ले कवितागोष्ठी गरेको छ। समूहले देशमा बढ्दो भ्रष्टाचार र राजनीतिक बेइमानीका विरुद्धमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-१५, भीराडिल पार्कमा कवितागोष्ठी आयोजना गरिएको हो।
उक्त गोष्ठीमा कविहरूले राजनीतिक दल, नेता र प्रशासनिक संयन्त्रलाई खबरदारी गर्दै कविता वाचन गरेका थिए। गोष्ठीमा आरएम् डङ्गोल, गोविन्द नेपाल, छविरमण सिलवाल, ठाकुर बेलवासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीले कविता वाचन गरेका थिए। समूहका एक सदस्य टङ्क उप्रेती भने सामाजिक सञ्जालका माध्यमबाट गोष्ठीमा सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)