राजनीतिको गन्धले फोहोर ज्यूँका त्यूँ
annapurnapost.com · Sat Aug 20 00:47:00 GMT 2022
काठमाडौं : ‘उपत्यकाको फोहोरको समस्या अहिलेको मात्रै हैन। लामो समयदेखिको फोहोर राजनीतिले फोहोर समस्यालाई बल्झाइरहेको छ। नयाँलाई काम गर्न नदिने प्रपन्च रचिएको छ।’ काठमाडौं महानगरका प्रमुख मेयर बालेन्द्र साहले केही दिनअघि फोहोर व्यवस्थापनमा राजनीति मिसिएकाले समाधान गर्न जटिल भइरहेको बताएका थिए।
साहले सत्तारूढ दलहरूकै स्थानीय नेताहरूको अगुवाइमा सडक अवरुद्ध गरेको, काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्यान्डफिल्ड साइटमा जाँदै गरेका सवारीसाधनलाई रोक्न स्थानीय नेताहरूले सहयोग गरेको आरोप लगाएका छन्। उनी भन्छन्, ‘फोहोर व्यवस्थापनमा देखिएको समस्या सतही मात्रै हो। यसका गहिरा र अलग्गै कारणहरू छन्।’ काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले पनि फोहोर व्यवस्थापनमा स्थानीय दलहरूकै साथ नभएको बताइन्। उनी भन्छिन्, ‘फोहोर व्यवस्थापनमा राजनीतिक र प्राविधिक समस्याहरू छन्। हामीले सहमतिमा समाधान गर्ने कोसिस गरिरहेका छौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)