नयाँ एयर रुट माग्न भारत पुगेको नेपाली टोली रित्तो हात फर्कियो
onlinekhabar.com · Fri May 26 17:01:53 GMT 2023
१२ जेठ, काठमाडौं । नयाँ एयर रुट र एयर स्पेसबारे छलफल गर्न भारत गएको नेपालकाे सरकारी टोली निराश भएर फर्किएको छ । भारतले पुरानै शैलीमा ‘हेरौंला र प्रक्रियामा छौं,’ भन्नेजस्ता जवाफमै वार्ता सकाएपछि प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणअघि नयाँ एयर रुटको विषय टुंगो लगाउने नेपालको प्रयास असफल भएको हो ।
१७ जेठदेखि हुने प्रधानमन्त्रीको पुष्पकमल दहाल प्रचण्डको भारत भ्रमणभन्दा अघि भारत पुगेर सहमति गर्दै नयाँ एयर रुटलाई प्रधानमन्त्री भ्रमणको एजेन्डा बनाउन खोजिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)