पपुवा न्युगिनीमाथि नेपालकाे दाेस्राे जित
ekagaj.com · Fri Sep 10 16:31:31 GMT 2021
काठमाडौँ - नेपालले दोस्रो एकदिवसीयमा पनि पपुवा न्युगिनीमाथि शानदार जित निकालेको छ । ओमानको मस्कटमा भएको खेलमा नेपाल १५१ रनको फराकिलो अन्तरले विजयी हो । जितसँगै नेपालले २–० ले सिरिज आफ्नो पक्षमा पारेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अलआउट हुँदै २३३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले ८६, कप्तान ज्ञानेन्द्र मल्लले ४५ र करण केसीले ४२ रन बनाए । २३४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पपुवा न्युगिनी १९ ओभर १ बलमा अलआउट हुँदै ८२ रनमा सीमित भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)