कोरोनाले थलिएको दिल्ली ९ विकेटले विजयी
baahrakhari.com · Wed Apr 20 17:48:00 GMT 2022
काठमाडौं । डेबिड वार्नरको अविजित ६० रन बनाउनुका साथै बलर अक्सर पटेल र ललित यादवले कसिलो बलिङ गरेपछि दिल्ली क्यापिटल्सले बुधबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाबलाई ९ विकेटले हराएको छ ।
प्रतियोगिताको जारी सिजन दिल्लीको यो तेस्रो जित हो । जितसँगै ६ अंक जोडेको दिल्ली छैटौँ स्थानमा छ । पराजित पन्जाब आठौँ स्थानमा छ । पन्जाबले सातमध्ये तीन खेल जितेको छ । दिल्ली र पन्जाबको समान ६ अंक भए पनि रनरेटमा दिल्ली अगाडि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)