खानेपानी शुद्धताको सवालमा कुनै सम्झौता हुँदैन : नवनियुक्त मन्त्री यादव
farakdhar.com · Sun May 07 17:11:40 GMT 2023
नवनियुक्त खानेपानीमन्त्री महिन्द्रराय यादवले जलसँग जीवन जोडिएकाले खानेपानीको शुद्धताको सवालमा कसैसँग कुनै प्रकारको सम्झौता नहुने बताएका छन् ।
मन्त्रालयमा आज पदबहाली गर्दै उनले नेपालको संविधानमा मौलिक हकका रूपमा स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको व्यवस्था रहेको उल्लेख गर्दै जनताको उक्त हकलाई उच्च प्राथमिकता राखेर सामूहिक रूपमा काम गर्न कर्मचारीलाई निर्देशन दिए । मौलिक हकको व्यवस्थालाई साकार पार्नमा कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)