मन्त्री आवास निर्माणको अवरोध हटाउन सुशासन समितिको पहल
deshsanchar.com · Fri Dec 24 14:18:56 GMT 2021
काठमाडौँ–ं दिगो विकास तथा सुशासन समितिले ललितपुरस्थित भैंसेपाटीमा निर्माणाधीन मन्त्री आवास निर्माणमा देखिएको अवरोध हटाउन सरोकारवाला निकायलाई आवश्यक निर्देशन दिने निश्कर्ष निकालेको छ ।
संघीय संसद् राष्ट्रियसभा अन्तर्गत उक्त समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले भैंसेपाटी मन्त्री आवास निर्माणस्थल वरपरको सबै बाटो ११ मिटर फराकिलो हुनुपर्ने र त्यसका लागि सम्बन्धित पक्षलाई आवश्यक निर्देशन दिने निष्कर्ष निकालेको हो । स्थानीयले उक्त आवासको तीनतिर ११ मिटर बाटो तय गरिएको, तर एकातिर भने ८ मिटर मात्रै भएकाले त्यसलाई पनि फराकिलो बनाउनुपर्ने माग गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)