मर्सिसाइड डर्बीमा लिभरपुल विजयी
ekantipur.com · Tue Feb 14 01:16:57 GMT 2023
लन्डन — कोडी गाक्पोले क्लबका लागि गरेको पहिलो गोलको मदतले लिभरपुलले इंग्लिस प्रिमियर लिगमा सोमबार एभरटनलाई २–० ले हराएको छ । मर्सिसाइड डर्बीमा प्राप्त जितसँगै लिभरपुलले लिगमा चार खेलको जितहीन यात्रामा पनि पूर्णविराम लगाएको छ ।
एभरटन भने सन् १९९९ यता एनफिल्डमा जितविहीन रहेको छ । लिभरपुलले नवौं मिनेटमा मोहमद सलाहको गोलले अग्रता लिएको थियो र यो बक्सिङ–डेयता उनको पहिलो गोल पनि रह्यो । गाक्पो भने जनवरीमै मात्र पीएसभी आयनहोभनबाट लिभरपुल आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)