कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना
gorkhapatraonline.com · Sat Jun 20 16:22:16 GMT 2026

जल तथा मौसम विज्ञान विभागले शनिबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
भोलि आइतबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशका पहाडी तथा तराई भूभागको एक, दुई स्थानमा भारी वर्षा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहरको सम्भावना छ ।
यसैगरी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
पर्सी सोमबार देशका हिमाली र पहाडी भूभागका साथै कोशी प्रदेशका तराई भूभागमा साधारणतया बादल लाग्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन हुने सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)