सुरुङ्गा नगरपालिकाको बजेट ८९ करोडभन्दा बढी
gorkhapatraonline.com · Sat Jun 20 16:30:28 GMT 2026

सुरुङ्गा नगरपालिकाले आर्थिक वर्ष २०८३–८४ का लागि ८९ करोड १० लाख ८० हजार रुपियाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
नगरपालिकाको १७ औँ नगरसभामा नगर उपप्रमुख रुद्रबहादुर कार्कीले बजेट प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानीलाई प्राथमिकतामा राखिएको बताउनुभयो । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र खानेपानी ः सुशासित, सुन्दर, समृद्ध सुरुङ्गा बनाऔँ हामी” मूल नारासाथ बजेट तर्जुमा गरिएको उहाँले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)