रास्वपा को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु
barnanmedia.com · Sat Jun 20 16:32:23 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु भएको छ। पार्टी स्थापना भएको चार वर्षपछि आयोजित महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ।
महाधिवेशनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन केन्द्रीय निर्वाचन आयोगले कडा आचारसंहिता जारी गरेको छ। आचारसंहिताअनुसार कुनै पनि प्रकारको प्यानल, गुटबन्दी वा संयुक्त सूची बनाउन पूर्ण रूपमा निषेध गरिएको छ।
निर्वाचन आयोगले उम्मेदवारी प्रमाणित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने व्यवस्था गरेको छ भने भौतिक प्रचारका लागि अधिकतम २×२ फिटको एउटा पोस्टर मात्र प्रयोग गर्न पाइनेछ। महाधिवेशनस्थल वरिपरि ब्यानर, फ्लेक्स तथा पर्चा वितरणमा पूर्ण रोक लगाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)