बेपत्ता युवा मृत फेला
gorkhapatraonline.com · Sat Jun 20 16:56:13 GMT 2026

। बर्दियाको गेरुवा गाउँपालिका १ जनकनगरमा डुबेर बेपत्ता भएका युवाको शव फेला परेको छ ।
कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका राजापुर नगरपालिका वडा ४ शान्तिपुरका १६ वर्षिय नारायण चौधरी पानीमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका चौधरीको खोजविन गर्दा सोही ठाउँमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले बताउनुभयो ।
उहाँले डुबेर बेपत्ता भएका चौधरीको खोजविनका लागि स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको उद्धारको टोली परिचालन भएको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक भुपेन्द्र बुढाथोकीले बताउनुभयो । चौधरीको शवलाई पोष्टमार्टमका लागि राजापुर प्रथामिक स्वास्थ्य केन्द्रमा पठाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)