रास्वपा महाधिवेशनको स्वागत गेट छिचाेल्न नसकेर पाँच ट्रक चितवनकै सडकमा रोकिए (तस्बिरहरु)
nepalpress.com · Sat Jun 20 17:07:35 GMT 2026

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको भोलिदेखि चितवनमा हुने महाधिवेशनको स्वागतमा पूर्व पश्चिम राजमार्गको टिकौली जङ्गल प्रवेश अगाडि बनाएको स्वागत गेट कटेर अघि बढ्न नसकेपछि पाँचवटा ट्रकलाई पाँचकिलोमिटर वर रत्ननगरको निप्पनीमा रोकिएको छ ।
जिल्ला ट्राफिक कार्यालयको ट्राफिक प्रहरीले टिकौलीमा प्रवेश गर्न लाग्दा गेटको उचाइ भन्दा अग्ला भएका औद्योगिक सामग्री बोकेका पाँचवटा भारतीय नम्बर प्लेटका ट्रकलाई पर्काएर रत्ननगर नगरपालिकाको निप्पनी चोकमा रोकेका हुन् ।
चितवनको भरतपुरमा भोलि राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन हुँदै छ । त्यसका लागि ठाउँठाउँमा स्वागतद्वार बनाइएका छन् । ती स्वागतद्वारमध्ये टिकौलीमा राखिएको भएको ठाउँमा दिउँसो २ आइपुगे पनि होचो गेट कट्न नसकेर रोकिएका नसकेका हुन् ।
चितवनका स्थानीय पत्रकार सञ्जय चौधरीसँगको कुराकानीमा ट्रकका चालकले आफूहरु कुरिनटारमा रहेको बाह्रसिङ्गे वियरको सामग्री बोकेर आएको तर, बालेन शाहको कार्यक्रमको गेट नाघ्न नसकेर तीन दिनसम्म यहिँ बस्न प्रहरीले भनेको बताएका थिए ।
चितवनका ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अनिल थापा भने रास्वपाको गेट मात्रै नभएर सडक डिभिजनले राखेको बोर्ड समेत कटाउन नसकिने अवस्थाका भएकाले टिकौलीबाट फर्काइएको बताउँछन् ।
गाडीको प्रकृति अनुसार न्यूनतम तोकिएको भन्दा अग्ला सामान भएमा त्यस्ता सवारीले पूर्व स्वीकृति लिएर नेपाल प्रवेश गर्नुपर्छ । पाँचवटै सवारीको प्रवेशको पूर्व स्वीकृति भएपनि अग्ला भएका कारण आफैले क्रेन ल्याएर सडक पास गर्न भनेर आजको लागि रोकिएको दाबी ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर अनिल थापाले नेपाल प्रेसलाई बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)