निर्माण भयो रघुगंगा गाउँपालिकाको बहुद्देश्यीय भवन
news24nepal.tv · Wed Oct 13 01:21:25 GMT 2021
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाको भवन निर्माण भएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँटमा गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा प्रशासनिक प्रयोजनका लागि बहुद्देश्यीय भवन बनेको हो ।
रु एक करोड १० लाख लागत अनुमान गरिएको भबन बनाउन विसं २०७७ फागुनमा हिमालयन बिल्डर्सले रु ७६ लाखमा ठेक्का सम्झौता गरेको थियो । चौतिस फिट चौडाइ र ४४ फिट लम्बाइ भएको तीन तले भवनको भुइँ तलामा पाँच कोठा रहेको गाउँपालिकाका इञ्जिनियर सुदीप गौतमले जानकारीदिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)