समाजवाद सामूहिक निर्णयले अगाडि बढ्छ : अध्यक्ष बिजुक्छे
lokaantar.com

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले समाजवाद सामूहिक निर्णयले अघि बढ्ने बताएका छन्। उनले व्यक्तिगत निर्णयका आधारमा नभई सामूहिक निर्णयले गर्ने काममा जोड दिन आग्रह गर्दै भ्रष्टाचार र अनियमिततालाई राजनीतिक क्षेत्रले संरक्षण गर्न नहुनेमा जोड दिए ।
आफैले लेखेको ‘अक्टोबर क्रान्ति र यसको महत्व’ (नेपालको परिवेशमा) दोस्रो संस्करण पुस्तक आज सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको व्यवस्था हुनुपर्नेमा जोड दिँदै कामदार वर्गको हित समाजवादी व्यवस्थामा मात्रै हुने बताए । ‘अक्टोबर क्रान्ति र यसको महत्व’ पुस्तकले विश्वमा समाजवादी आन्दोलन अगाडि बढाउन देखाएको मार्गनिर्देशनबारे उनले स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)