नेदरल्यान्ड्सका ब्रोबरीको दुई गोल
onlinekhabar.com · Sat Jun 20 17:26:52 GMT 2026

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका ब्रायन ब्रोबीले स्वीडेन विरुद्ध १७ मिनेटमै दुई गोल गरेका छन् ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।
कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।
यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।
पहिलो खेलमा जापान विरुद्ध वेकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरिसकेका छन् ।
पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आजको खेल जित्दे नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)