पञ्जाबलाई हराएपछि प्लेअफ पुग्ने राजस्थानको आशा जीवितै
farakdhar.com · Sat May 20 01:00:23 GMT 2023
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सविरुद्ध राजस्थान रोयल्स ४ विकेटले विजयी भएको छ । यो जितपछि प्लेअफ पुग्ने राजस्थानको झिनो आशा जीवितै रहेको छ ।
लिग चरणको अन्तिम खेलमा पञ्जाबले दिएको १ सय ८८ रनको लक्ष्य राजस्थानले १९.४ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि देवदत्त पाडिक्कल र यशस्वी जैसवालले अर्धशतकीय पारी खेले । ३० बलको सामना गरेका पाडिक्कलले ५ चौका र ३ छक्काको सहयोगमा ५१ रन बनाए । यस्तै, जैसवालले ३६ बलमा ८ चौकासहित ५० रनको इनिङ खेले ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)