मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनामा कार्यरत दियालको कसरी भयो मृत्यु : दुईजना घाइते

barnanmedia.com · Thu Nov 07 22:03:41 UTC 2024

मकवानपुरको भीमफेदी गाउँपालिका–८ दोभानस्थित नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। यस्तै दुईजना घाइते भएका छन्।

क्याम्पभित्र कार्यरत रहेका बेला सञ्चार उपकरणको पाइप गाड्ने क्रममा हाइटेन्सन बिजुलीको तारमा पाइपले छुँदा करेन्ट लागेर डडेल्धुराको गन्याधुरा गाउँपालिका–१ निवासी २९ वर्षीय पदमबहादुर दियालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। मृतक दियाल लेसनायक पदमा कार्यरत थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)