मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘छठ वैदिककालदेखिको पर्व हो’

barnanmedia.com · Thu Nov 07 22:26:59 UTC 2024

काठमाडौँ, २३ कात्तिक : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताउनुभएको छ । बिहीबार साँझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताउनुभएको हो ।

आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौँको कमलपोखरीमा छठघाट बनाएको स्मरण गर्नुभएको थियो । बूढापाकाका भनाइअनुसार हिन्दूहरूले छठपर्व वैदिककालदेखि मनाउँदै आएको हुँदा यो पर्व देशव्यापी रूपमा मनाउन थालिएको महामन्त्री थापाले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)