टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण
barnanmedia.com · Thu Nov 07 22:33:48 UTC 2024

काठमाडौँ, २३ कात्तिक : जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग्नुहुन्छ । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उहाँले बताउनुभयो ।
दसैँ र तिहारमा पनि उहाँलाई सर्प उद्धार गर्न भ्याइनभ्याई थियो । सबै जना तिहारको टीका लगाइरहँदा उहाँ भने सर्प उद्धार गर्न व्यस्त हुनुहुन्थ्यो । भाइटीका लगाउँदै थिएँ, टीकापुर–५ मनिकापुरमा सर्प उद्धारका लागि खबर आयो, हतारहतार टीका लगाएर गएँ । राम्रोसँग भाइटीका लगाउन नपाउनुभएका उहाँले त्यो दिन विषालु गोमन सर्प र धामन सर्पको उद्धार गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)