गाक्पोले पनि गरे दुई गोल
onlinekhabar.com · Sat Jun 20 18:29:40 GMT 2026

६ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले पनि स्वीडेन विरुद्ध दुई गोल गरेका छन् ।
अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलमा ब्रायन ब्रोबीले सुरुमै गरेको दुई गोल गर्दा नेदरल्यान्ड्सले पहिलो हाफमा स्वीडेनमाथि २-० को अग्रता बनाएको थियो ।
पहिलो हाफमा ब्रायन बोभीलाई एक असिस्ट गरेका गाक्पोले दोस्रो हाफ सुरु भएपछि दुई गोल गरेका हुन् ।
गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको गोलमा गोल गर्दे नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।
चार गोलले पछि परेपनि स्वीडेनले एक गोल फर्काएको छ । स्वीडेनका एन्थोद्दी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका हुन् ।
त्यसअघि ब्रायन ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए ।
कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।
यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।
पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरिसकेका छन् ।
पहिलो खेलमा जापानसँग २-२ को बराबरीमा रोकिएको नेदरल्यान्ड्स आजको खेल जित्दे नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
स्वीडेनले पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले पराजित गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)