मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

१४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप चैत १० गतेदेखि

rajdhanidaily.com · Wed Mar 06 23:33:03 GMT 2024

इटहरी । १४ औँ अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप आगामी चैत १० गतेदेखि हुने भएको छ । राष्ट्रिय जागृति क्लब (राजा) को आयोजनामा इटहरी रंगशालामा हुने गोल्डकपमा आठवटा टिम सहभागी हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी जानकारी दिइयो ।

क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार चैत १० गतेदेखि १७ गतेसम्म हुने गोल्डकपमा ए डिभिजनका चारवटा, भारतको एउटासहित आठ टिम सहभागी हुनेछन् । त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एपीएफ, एनआरटी क्लब, बिर्तामोड युनाइटेड झापा, कञ्चनजंघा फुटबल क्लब भारत, साबिक बिजेता सगरमाथा युथ क्लब मोरङ र आयोजक राष्ट्रिय जागृति क्लब इटहरी सहभागी हुने डुम्जनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)